September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

कोरोनाका बेला भोजमा सहभागी भएका ब्रिटेनका प्रधानमन्त्री जोन्सनले मागे माफी

काठमाडौं, कोरोना महामारीका बेला भोजमा सहभागी भएका कारण चर्को आलोचना भएपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार
यसअघि सरकारी आवास १० डाउनिङ स्ट्रिटमा आयोजित एक भोजमा सहभागी भएपछि उनको आलोचना भएको थियो । आलोचनापछि उनले संसदमा माफी मागेका हुन् ।

यसैबीच विपक्षी लेबर पार्टीले भने ‘लाच पचेको मान्छे’ भन्दै प्रधानमन्त्री जोन्सनको राजीनामा मागेको छ ।उनले आफूबाट गल्ती भएको स्वीकार्दै छानविन रिपोर्टलाई स्वीकार गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘हामीले ऐना हेर्नुपर्छ र सिक्नुपर्छ । यसको मतलव यो होइन कि सबै कुरा नियम अनुसार नै भएको थियो ।’

विपक्षी लेबर पार्टीका नेता किर स्टार्मरले भने प्रधानमन्त्री जोन्सनले राजीनामा दिनुपर्ने आवाज सुरुदेखि नै उठाउँदै आएका छन् । उनले संसदमा पनि आफ्नो माग दोहोर्याए । उनले भनेका छन, “प्रधानमन्त्री र यस कार्यक्रमसँग सम्बन्धित सबैले आफ्नो कद आफैं घटाएका छन् । साथै उनीहरुले सरकार र जनताको विश्वास तोडेका छन् ।”एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको