
साना, यमनका हुथी विद्रोहीहरुले युनाइटेड अरब इमिरेट्स, युएइमा गरेको मिसाइल हमलाको जिम्मेवारी लिएको छ । हालैमात्र यमनको युएइको सीमा क्षेत्रनजिकै मिसाइल हमला भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुथी विद्रोहीहरुले सञ्चालन गरिरहेको अल मासिराहा टेलिभिजनमार्फत् उनीहरुले सो हमलाको जिम्मेवारी लिएका हुन् ।
आइतबार मध्यराति हुथी विद्रोहीका एक कमाण्डरले उक्त क्षेत्रमा गरेको हमलामा आफूहरु जिम्मेवार रहेको बताएका हुन् ।एजेन्सी







