इटालीका राष्ट्रपति सर्जीओ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित

इटाली, इटालीका राष्ट्रपति सर्जीओ म्याटरेल्ला दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । गठबन्धन पार्टीले साझा उम्मेदवार चयन गर्न नसकेपछि उनी ८० वर्षीय म्याटरेल्ला विकल्पहीन नेता बनेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दोस्रो कार्यलयका लागि राष्ट्रपति नबन्ने उनले घोषणा गरेका थिए । तर, इटालीको स्थिरताका लागि प्रधानमन्त्री मारियो ड्रागीले उम्मेदवारी दिन उनलाई कर गरेका थिए ।
आठौं चरणको निर्वाचनपछि उनी शनिवार औपचारिक रुपमा नै विजयी भएका थिए । देशले सामाना गरेको स्वास्थ्य र आर्थिक चुनौतीलाई मनन गर्दा आफूले ‘उत्तरदायित्वको चेतना’ बोध गरेको उनले बताए । एजेन्सी
प्रतिकृया दिनुहोस्