October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण

बगदाद, इराकको राजधानी बगदादको अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण भएको छ । शुक्रबार ६ रकेटबाट बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरिएको इराक सेनाले जनाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअका अनुसार उक्त आक्रमणबाट २ व्यवसायिक विमान क्षतिग्रस्त भएका छन् । आक्रमणबाट इराकी एयरवेजको एक व्यवसायिक विमान पनि क्षतिग्रस्त भएको छ । जुन अहिले नियमित प्रयोगमा थिएन ।

इराकमा इरान समर्थक शिया गुटहरुले इरानी जनरल कासिम सुलेमानीको हत्याको बदला लिने कसम खाएका छन् । यसैगरी उनीहरुले देशबाट अमेरिकी सैनिक पूर्ण रुपमा बाहिर निस्किएपछि मात्रै आक्रमण समाप्त गर्ने शर्त राखेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको