September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

‘पब्जी’ को प्रभाव: १४ वर्षिय बालकद्वारा आमासहित ३ भाइबहिनीको हत्या

लाहोर, अनलाइन गेम ‘पब्जी’ को प्रभावमा पाकिस्तानको पञ्जाब प्रान्तका १४ वर्षीय बालकले आफ्नी आमासहित तीन भाइबहिनीलाई गोली हानेर हत्या गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गत साता लाहोरको काहना क्षेत्रका ४५ वर्षीय स्वास्थ्यकर्मी नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षीया दुई छोरीको शव फेला थियो । नाहिद मुबारकको सम्बन्धविच्छेद भइसकेको थियो भने परिवारमा नाहिद मुबारकका १५ वर्षीया छोरा मात्र सुरक्षित थिए । प्रहरीका अनुसार उनी नै हत्यारा भएको जनाएको छ ।

बयानमा भनिएको छ, ‘केटा पब्जी खेलाडी भएको र उनले खेलको प्रभावमा आफ्नी आमा र भाइबहिनीको हत्या गरेको स्वीकार गरेका छन् । दिनको धेरै समय अनलाइन गेम खेल्दा उनलाई केही मनोवैज्ञानिक समस्या देखिन थालेको छ ।’ पढाइमा ध्यान नदिने र दिनभर ‘पब्जी’ खेलेको भन्दै आमाले छोरालाई बारम्बार गाली गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रशासनद्वारा विज्ञप्तिमा भनिएको छ, ‘घटना भएको दिन नाहिदले केटोलाई गाली गरेकी थिइन् । पछि उसले दराजबाट आमाको बन्दुक निकालेर आमा र उनका अन्य तीन भाइबहिनीलाई गोली हानेर हत्या गरे।’ बयानका अनुसार भोलिपल्ट बिहान केटोले कराएर छिमेकी र पुलिसलाई बोलाए ।

त्यतिबेला केटोले आफू घरको माथिल्लो तलामा रहेको र कसरी आफ्नो परिवारको हत्या भयो थाहा नभएको प्रहरीलाई बताए । नाहिद मुबारकले आफ्नो परिवारको सुरक्षाका लागि पेस्तोल किनेकी थिइन् । उनीहरुसँग लाइसेन्स पनि रहेको प्रहरीले जनाएको छ । यसैगरी घटनास्थलबाट उक्त बालकको रगतले लतपतिएको लुगा बरामद गरिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको