February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

पाकिस्तानमा विद्रोहिको आक्रमणबाट १० सैनिकको मृत्यु

इस्लामवाद, पाकिस्तानमा विद्रोहिको आक्रमणमा परेर १० सैनिकको मृत्यु भएको छ । उक्त आक्रमण केच जिल्लाको ग्वादर बन्दरगाहमा भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बलुचिस्तान प्रान्तस्थित दक्षिणपश्चिमी बन्दरगाहनजिकै पाकिस्तानी सेनाको चौकीमा भएको आक्रमणमा परि दश सैनिकको मृत्यु भएको हो । पाकिस्तानी सरकारविरुद्ध लडिरहेका जातिय समूह बलुच विद्रोहिले सो आक्रमण गरेको हो ।

मंगलबार साँझ भएको सो घटनाबारे शुक्रबार पाकिस्तानी प्रधामन्त्री इमरान खान र पाकिस्तानी सेनाले जानकारी दिएको छ ।

यसैगरी प्रधानमन्त्री खानले सो आक्रमणमा मरेका सैनिकलाई शुक्रबार सलामी दिएर शहिद घोषणा गरेको बताइएको छ । एजेन्सी
 

शीर्ष समाचार

धेरै पढिएको