October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

ओमिक्रोनको प्रभाव: विश्व अर्थतन्त्र खस्किने संकेत

काठमाडौं, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्व अर्थतन्त्र अपेक्षा गरिएको भन्दा झनै कमजोर हुने प्रक्षेपण गर्न थालिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ओमिक्रोनका कारण अन्तर्राष्ट्रिय तथा देशभित्रको आवतजावतमा प्रतिबन्ध लागेको, ऊर्जाको मूल्य बढेको, आपूर्ति शृङ्खलामा अवरोध सिर्जना भएकाले विश्वको आर्थिक वृद्धिदर पूर्वानुमानभन्दा घट्ने र मुद्रास्फीति बढ्ने प्रक्षेपण कोषले गरेको हो ।

मुद्रा कोषका अनुसार छिमेकी मुलुक चीनको रियलस्टेट क्षेत्रको गिरावट र निजी क्षेत्रको उपभोगमा देखितएको सुस्तताका कारण पनि अर्थतन्त्रको वृद्धिदरलाई सीमित गरिदिनेछ ।

कोषको नियमित प्रकाशन वल्र्ड इकोनोमिक आउटलुकका अनुसार आर्थिक वृद्धिदर सन् २०२१ मा ५.९ प्रतिशतबाट सन् २०२२ मा ४.४ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

दुई ठूला अर्थतन्त्र भएका मुलुकको बजार खस्कँदा आगामी अक्टोबरमा त्योभन्दा पनि आधा प्रतिशत हुने बताइएको छ । त्यस्तै विकसित देशको मुद्रस्फीति औसतमा ३.९ प्रतिशतसम्म हुँदा कम आय भएका मुलुकको मुद्रास्फीति ५.९ प्रतिशतसम्म हुने अध्ययनले देखाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको