October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

ओमिक्रोन अन्तिम भेरियन्ट हुनसक्ने सोच्नु खतरनाक: डब्लूएचओ

काठमाडौं, विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोनाको विभिन्नमध्येको स्वरुप ओमिक्रोन अन्तिम भेरियन्ट हुनसक्ने सोच्नु खतरनाक हुने चेतावनी दिएको छ ।

डब्लूएचओका प्रमुख डा. ट्रेडोस एडहनोम गेब्रेसियसले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट भएको र कोरोना महामारी सकिने चरणमा रहेको सोच्नु खतरनाक हुनसक्ने चेतावनी दिएका हुन् । कोरोना महामारी अन्त्य हुन्छ भनिरहँदा कोरोनाको नयाँ भेरियन्ट देखिन सक्ने तर्फ ट्रेडोसले सबैलाई सचेत पनि गराएका हुन् ।

उनले कोरोना महामारी कसरी अन्त्य हुन्छ भन्ने बारेमा अलग अलग परिदृश्य रहेको उल्लेख गरेका हुन् । उनले ओमिक्रोनपछि कोरोना महामारी अन्त्य हुन्छ भन्नु खतरनाक भएको स्पष्ट पारेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको