रुस-युक्रेन विवाद: झण्डै साढे ८ हजार अमेरिकी सेना उच्च सतर्क अवस्थामा

रुस, रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चिन्ताकाबीच अमेरिकाले झण्डै साढे आठ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुसका सेनाले युक्रेनलाई घेरामा राखेको र जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले साढे आठ हजार अमेरिकी सेनालाई छोटो सूचनामा जहाँ पनि जान सक्ने गरी उच्च सतर्क अवस्थामा राखेको हो ।
रुसले भने युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै तयारी नभएको बताउँदै आएको छ । युक्रेनको समस्यालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले हिजो आफ्ना युरोपेली साझेदारसँग भिडियो कलमार्फत कुराकानी पनि गरेका छन् ।
अमेरिकाले सैनिकहरू तयारी अवस्थामा रहेका भए पनि उनीहरूको तैनाथीबारे अहिलेसम्म निर्णय भइनसकेको जनाएको छ । एजेन्सी
प्रतिकृया दिनुहोस्