April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ३२ लाख नाघ्यो

ब्रासिलिया, ब्राजिलमा कोरोना भाइरस बाट सङ्क्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार बिहीबार रातिसम्म यहाँका ३२ लाख २४ हजार ८७६ जना नागरिक कोरोना भाइरसबाट सङ्क्रमित भएका छन ।

स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३२ लाख नाघेको र पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ६० हजार ९१ नयाँ सङ्क्रमित फेला परेका छन् । त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १ लाख नाघेको जनाइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ यो महामारीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ५ हजारभन्दा बढी देखिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको