January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

उत्तर कोरियाद्वारा पुनः ब्यालिस्टिक मिसाइल प्रहार

सिओल, उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । संयुक्त राष्ट्रसंघले मिसाइल प्रहार नगर्न प टक-पटक गरेको आग्रहलाई बेवास्ता गर्दै उत्तर कोरियाले मंगलबार बिहान फेरि मिसाइल प्रहार गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिका, जापान, दक्षिण कोरिया लगायत मुलुकले उत्तर कोरियाको यस कदमको निन्दा गरेका छन् । हाइपर सोनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही दिनमै उत्तर कोरियाले अर्को हतियार परिक्षण गरेको हो ।

यसैगरी उत्तर कोरियाले पूर्वी सागरमा संदिग्ध ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरुले बताएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको