January 22, 2022, Saturday
२०७८ माघ ८, शनिबार

कजाकिस्तान विरोध प्रदर्शन: १६४ जनाको मृत्यु, पाँच हजार भन्दा बढी हिरासतमा

अल्माटी, पछिल्लो समय कजाकिस्तानमा भएको हिंसात्मक उथलपुथलमा कम्तिमा १६४ व्यक्तिको मृत्यु भएको छ भने ५,००० भन्दा बढीलाई हिरासतमा राखिएको छ ।

त्यहाँका सरकारी सञ्चारमाध्यमका अनुसार कजाकस्तानमा भएको विरोध प्रदर्शनमा संलग्न भएको आशंकामा हालसम्म कम्तिमा ५,१३५ व्यक्तिलाई पक्राउ गरिएको देशको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

इन्धनको मूल्यमा भएको ठूलो वृद्धिले कजाकहरू रुष्ट बनेका छन् । कजाकस्तान तेल र प्राकृतिक ग्याँसको निर्यातकर्ता हो । यसैगरी मध्य एसियाली देशमा विरोध प्रदर्शनले सरकारको राजीनामा र रुसका सैनिक परिचालन सहित सङ्कटकालको घोषणा गरेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको