January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

नेतृ सुचीलाई थप ४ वर्ष जेलसजाय

प्याङ्योङ, जातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेलसजाय सुनाइएको छ । म्यानमारको सैनिक अदालतले उनीमाथि लगाइएको चारवटा आरोपमा दोषी ठहर गर्दै उनलाई थप चार वर्ष जेलसजाय सुनाएको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई बिनालाइनसेन्सको ‘वाकी टकी’ राखेको आरोपमा दुई वर्ष र कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा दुई वर्ष गरी चार वर्ष जेलसजाय सुनाइएको हो ।

गतमहिना उनलाई कोरोनाको मापदण्ड उल्लंघन गरेको आरोपमा चार वर्ष जेलसजाय सुनाइएको थियो भने पछि म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङले दुई वर्ष सजाय घटाएर दुई वर्षमात्र जेलसजाय तोकिएको थियो ।

म्यानमारमा सैन्य ‘कू’ गरेपछि गत वर्ष फेब्रुअरी १ मा सेनाले ७६ वर्षीया सुचीको घरमा तलासी लिँदा बिना लाइसेन्सको वाकी टकी फेला पारेको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको