
बेइजिङ, चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको केन्द्र ३७.७७ डिग्री उत्तरी अक्षांश र १०१.२६ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।
अन्तरास्ट्रिय सञ्चारमाध्यमका अनुसार बेइजिङ समय अनुसार बिहान १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइमा उक्त भूकम्प गएको हो । सोबारे विस्तृत विवरण आउन बाँकी छ ।एजेन्सी







