January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

उत्तर कोरियाले समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको आरोप

प्योङयाङ, दक्षिण कोरिया र जापानले उत्तर कोरियाद्वारा बुधबार समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरिएको जनाएको छ । प्योङयाङले यस वर्ष यो पहिलो पटक प्रक्षेपण गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तरले कोरियाले प्रायद्वीपको पूर्वी समुद्रतर्फ स्थानीय समयाअनुसार मङ्गलबार बिहान ८ः१० बजे ‘ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाइएको हो ।

एक आपतकालीन बैठकपछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले यस मिसाइल परिक्षणको चिन्ता व्यक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसलाई सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण को रूपमा वर्णन गरे पनि उत्तर कोरियाले गरेको लगातार क्षेप्यास्त्र प्रक्षेपण साँच्चै खेदजनक भएको जापानी प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् ।

यसैगरी जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई अहिलेसम्म जापानी विमान र जहाजहरूमा क्षति पुगेको कुनै समाचार नआएको बताएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको