वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु, १५ घाइते

काठमाडौं, दशौँ हजार तीर्थयात्रीले पूजाअर्चना गर्न भेला भएका बेला भारतीय धार्मिक स्थलमा शनिबार भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
भारती सञ्चारमाध्यमका अनुसार प्रशासित कश्मीरको वैष्णोदेवी मन्दिर जाने बाटोमा भागदौड मच्चिएपछि १२ जनाको मृत्यु भएको हो भने करिब १५ जना घाइते भएकमा छन् र घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
विशेषगरी भारतीय हिन्दूहरूले महत्वको धार्मिक स्थलका रूपमा मान्ने यहाँ हरेक वर्ष लाखौं मानिसहरूले वैष्णोदेवीको दर्शन गरी पूजाआज गर्छन् । स्थानीय अधिकारीहरूले दुई समूहका युवाहरूबीच भएको कथित मतभेद र नयाँ वर्ष दिवसका लागि मानिसहरूको दौडधूप घटनाको मुख्य कारक भएको बताएका छन् ।
यसैगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई समवेदना दिएका छन् । मृतकका आफन्तलाई भारतीय दुई लाख रूपैँया र घाइतेलाई ५० हजार राहतस्वरूप दिइने बताए ।एजेन्सी
प्रतिकृया दिनुहोस्