April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार

सन् २०२२ मा कोरोना महामारी पराजित हुने डब्ल्यूएचओको विश्वास


न्युयोर्क, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयेसुले सन् २०२२ मा कोरोना महामारी पराजित हुने आशा व्यक्त गरेका छन् । उनल विश्व एकजुट भएर यसको फैलावट रोक्ने काम गरे नयाँ वर्षमा कोरोना महामारी पराजित हुने विश्वास व्यक्त गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार डब्ल्यूएचओ प्रमुखले खोप वितरणमा भैरहेको निरन्तरको असमानताले भने भाइरस फैलने जोखिम बढ्दै जाने चेतावनी दिएका छन् । डब्ल्यूएचओले सन् २०२२ मा विश्वभर ७० प्रतिशत जनसंख्यालाई खोप लगाएर जुलाईको अन्त्यसम्म कोरोना महामारी अन्त्य गर्ने नयाँ लक्ष्य समेत निर्धारण गरेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलदै गएपछि नयाँ वर्षका कार्यक्रम मनाउन निरुत्साहित गरिएको छ भने विभिन्न प्रतिबन्धात्मक नियमहरुमा कडाइ लागु गरिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको