April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार

माली आक्रमण: ८ सैनिकको मृत्यु, थप सात जना घाइते

माली, मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ भने थप सात घाइते भएको छ । माली सशस्त्र बलले बुधबार नारा गाउँमा भएको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको र करिब १० जना घाइते भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मृत्यु हुने सैनिकको संख्या हिजो ४ रहेकोमा आज ८ पुगेको छ भने ७ सैनिक घाइते भएका छन् भने ३ वटा सवारी साधन ध्वस्त भएका छन् । सेनाद्वन्द जारी प्रकाशित प्रेस विज्ञप्तिमा अनुसार आक्रमणकारी तर्फ ३१ जनाको मृत्यु भएको र उनीहरूबाटहतियार र गोलाबारुद जफत गरिएको छ ।

यसैगरी मालीको वायुसेनाले गरेको हवाई हमलाका कारण आतङ्ककारीहरूको मृत्युको कुल संख्या अझै स्पष्ट हुन बाँकी छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको