March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

पाकिस्तानद्वारा चिनियाँ जे–१० लडाकू विमान खरिद

बेइजिङ, पाकिस्तानले चीन सरकारसँग जे–१० लडाकू विमान खरिद गरेको छ । हिजो (बुधबार) पाकिस्तानी गृहमन्त्री शेख रशीदले चिनियाँ विमान सम्झौताको जानकारी गराएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २५ वटा जे–१०सीको जत्था सन् २०२२ को मार्च २३ मा पाकिस्तान दिवसका अवसरमा प्रदर्शन गरिने रशीदले बताएको जनाइएको छ ।

सो विमान सबै किसिमका मौसममा उड्न समर्थ रहेको र सिंगल इन्जिन भएको विमान चिनियाँ वायुसेनाको महत्त्वपूर्ण हतियार मानिन्छ । चीनले हाल ४६८ वटा जे–१०सी विमान उडाइरहेको जापानको रक्षा मन्त्रालयको अनुमान छ ।

यसैगरी विशेषज्ञहरूले उक्त विमान एफ–१६ विमान जस्तै भएको बताएका छन् भने चीनले यस विमानलाई उपयोग गर्ने घोषणा नगर्दै पाकिस्तानले यसलाई खरिद गर्न खोजेको थियो भने चीनसँग पाकिस्तानको यो सम्झौता विवादमा छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको