April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

डेल्टा र ओमिक्रोनको मिश्रणले डरलाग्दो सुनामी ल्याउदै: डब्ल्यूएचओ

काठमाडौं, विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुखले डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोरोना घटनाहरूको डरलाग्दो सुनामी ल्याउन लागिरहेको बताएका छन् । युरोप र अमेरिकामा ठुलो सङ्ख्यामा कोभिडका नयाँ सङ्क्रमितहरू फेला परिरहँदा डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो बताएका हुन् ।

पछिल्लो अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरिअन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै सङ्क्रामक रहेको सुझाएका छन् । यसैगरी फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनका हकमा अब लहर मात्र भनेर नपुग्ने बरु आँधीजस्तो लहर भन्नुपर्ने बताएका छन् ।

यसैगरी डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरिअन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन् । डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन्, “थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ। र स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन् ।

हाल विश्वभरि दैनिक झन्डै नौ लाख सङ्क्रमित थपिरहेका छन् । अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सीएनएनसँग बोल्दै सङ्क्रमणले ज्यानुअरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दु लिने सम्भावना रहेको बताएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको