January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

बेलायतमा एकैदिन १ लाख २९ हजार सङ्क्रमित थपिए

लन्डन, पुस १४ गते । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखिकै सबैभन्दा बढी सङ्क्रमित भएका बताइएको छ । यहाँ गएको २४ घण्टा यता मात्र अर्थात् सोमबार मात्र कम्तीमा पनि १ लाख २९ हजार ४७१ जना सङ्क्रमित भेटिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा बताएका हुन् ।

उनीहरुका अनुसार सोमबार यहाँ सोमबार कोरोनाका कारण १८ जनाको ज्यान गएको बताएका छन् । यहाँ अहिलेसम्ममा १ करोड २३ लाखभन्दा बढी संक्रमित पाइएका छन् ।त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार २१ जनाको ज्यान गएको बताएका छन् ।

यहाँ पछिल्लो समयमा ओमिक्रोनको सङ्क्रमण पनि बढ्दै गएको छ । जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह गरेको छ । पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने सङ्क्रमितहरुको सङ्ख्या पनि बढ्दो देखिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको