April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

जोर्डनमा संसदभित्रै कुटाकुट

जोर्डन, जोर्डनमा विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्रै कुटाकुट भएको हो ।
सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सांसदहरु एक अर्कालाई मुक्का हानाहान गरेपछि उपसभामुख भुइँमा ढलेका थिए । उसभामुख ढलेपछि केही सांसदहरुले होहल्ला गरेका थिए ।

यसैगरी संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि साँसदहरुबीच चर्काचर्की भएको थियो । त्यसलगत्तै सांसदलाई आफ्नो भनाई फिर्ता लिन र क्षमा माग्न विपक्षी सांसदहरुले माग गरेका थिए ।

‘संसदमा सांसदहरुबीच भएको झगडा र कुटाकुटले संसदको गरिमा घटेको त्यहाँका सांसद सदस्यहरुले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको