अफगानिस्तानमा तालिवानद्वारा अब्दुल लतिफ नाजारी अर्थमन्त्रीमा नियुक्त

काबुल, तालिवानले शनिबार अब्दुल लतिफ नाजारीलाई अर्थमन्त्रीमा नियुक्त गरेको छ । सूचना, संस्कृतिका उपमन्त्री तथा तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले डा अब्दुल लतीफ नाजारीलाई अर्थतन्त्रको व्यावसायिक उपमन्त्री नियुक्त गरेको जानकारी दिएका हुन् ।
विद्यावारिधि गरेका नाजारी काबुलको विश्वविद्यालयमा प्राध्यापन गर्दथे । तालिबानका सर्वोच्च नेता मुल्ला हेब्तुल्लाह अखुन्दजादाको आदेशका आधारमा नाजारीलाई नियुक्त गरिएको जनाइएको छ ।
अफगानिस्तानको इस्लामिक इमिरेट्सको अन्तरिम सरकारमा नाजारी गैर-पश्तुन व्यक्तित्व होइनन् तर यसअघि अर्का गैर-पश्तुन (हजारा) डा हसन ग्यासीलाई जनस्वास्थ्य उपमन्त्री नियुक्त गरिएको थियो ।
यसअघि सेप्टेम्बर ७ मा तालिबानले ३३ सदस्यीय कार्यवाहक मन्त्रिपरिषद् घोषणा गरेको थियो जसमा न त महिला थिए न त समावेशी नै । एजेन्सी
प्रतिकृया दिनुहोस्