April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

अफगानिस्तानमा आर्थिक संकट: आधा सञ्चारमाध्यम बन्द, ६० प्रतिशत पत्रकार बेरोजगार

काबुल, अफगानिस्तानमा तालिबानले कब्जा गरेयता त्यहाँका करिब आधा सञ्चारमाध्यम बन्द भएका छन् ।सञ्चालनको लागि आवश्यक रकमको अभावमा धेरै सञ्चारमाध्यमहरू बन्द भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रिपाटर्स विथआउट बोर्डर्स र अफगान इन्डिपेन्डेन्ट जर्नलिस्ट एसोसिएसनले गरेको सर्वेक्षणमा अफगानिस्तानका करिब ४३ प्रतिशत सञ्चारमाध्यमले आफ्नो सेवा बन्द गरेको र ६० प्रतिशत पत्रकार बेरोजगार भएको पाइएको हो ।

त्यहाँ गर्मीयाममा ५४३ सञ्चारमाध्यमहरुले सेवा प्रदान गरिरहे पनि नोभेम्बरको अन्तिमसम्म सो संख्या ३१२ मा झरेको छ । अगष्ट मध्ययता अफगानिस्तानमा ६ हजार ४०० पत्रकार बेरोजगार भएका छन् ।

यसैगरी पछिल्लो समय अफगानिस्तानमा देखिएको आर्थिक संकट नै सञ्चारमाध्यमहरू बन्द हुनुको प्रमुख कारण हो । राजधानी काबुलबाट टेलिभिजन सञ्चालन भइरहेका ३ टेलिभिजनका प्रबन्धक एबिद इहासका अनुसार आर्थिक संकटको कारण अहिले सञ्चारमाध्यमको आम्दानी नराम्ररी प्रभावित भएको छ ।

त्यस्तै तालिबानले लगाएको विभिन्न प्रतिबन्धको कारण पनि सञ्चालनमा समस्या देखिएको छ । तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि ८४ प्रतिशत महिलाले मिडिया छाडेका छन् भने ५२ प्रतिशत पुरुषले रोजगारी गुमाएका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको