
काठमाडौं, कोरोना भाइरसबाट संक्रमित भएका तथा हालै शल्यक्रिया गरिएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर तर स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पूर्व राष्ट्रपति मुखर्जीको दिल्लीस्थित आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलमा उपचार भइरहेको छ । मुखर्जीको अवस्था गम्भीर तर स्थिर रहेको र अहिले पनि उनी भेन्टिलेटरमै रहेको जनाएको छ । सोमबार उनको शल्यक्रिया भएको र शल्यक्रिया सम्पन्न भएको केही घण्टापछि उनलाई भेन्टिलेटरमा सारिएको थियो ।







