April 1, 2023, Saturday
२०७९ चैत्र १९, आईतवार

भारतमा ओमिक्रोन संक्रमण बढेपछि मोदीले बोलाए समीक्षा बैठक

नयाँदिल्ली, छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणका विषयमा समीक्षा बैठक गर्ने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ हालसम्म १७ राज्यमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिएको छ । संक्रमण तीव्र रुपमा फैलिएपछि प्रधानमन्त्री मोदीले बिहीबार सम्बन्धित अधिकारी लगायतसँग समीक्षा बैठक गर्न लागेका हुन् ।

भारतमा हालसम्म २३८ जनामा ओमिक्रोनका संक्रमण पुष्टि भएको छ । यसैलाई मध्यनजर गर्दै सरकार पनि अलर्ट मोडमा आएको सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त समीक्षा बैठकले थप कडाइ गर्न सक्ने देखिएको छ भने यसतर्फ प्रदेश सरकारले पहल सुरु गरेको छ । प्रधानमन्त्री मोदीले आजको बैठकमा ओमिक्रोनका विषयमा कडा निर्देशन दिन सक्ने बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको