अमेरिकामा ओमिक्रोन संक्रमित दिनानुदिन बढ्दै

वासिङ्टन, संयुक्त राज्य अमेरिकामा ओमिक्रोनका नयाँ सङ्क्रमितहरु लगातार बढ्दै गएको देखिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो समयमा त्यहाँ कोरोनाको सङ्क्रणमा सबैभन्दा धेरै सङ्क्रमण ओमिक्रोनका कारणले हुन लागेको देखिएको बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा पनि ओमिक्रोनको सङ्क्रमण सर्न सक्ने बताएका छन् ।
यसैगरी अमेरिकाका अधिकारीहरुले विश्वका अरु देशका तुलनामा ओमिक्रोन भाइरस अमेरिकाका निकै नै तिव्र गतिमा फैलिएको जनाएका छन् । उनीहरुले गएको डिसेम्बर १ मा मात्र अमेरिकामा पहिलो सङ्क्रमित देखिएकामा अहिले आएर यहाँका करिब ४८ राज्यमा नै यो सङ्क्रमण फैलिएको जनाएका छन् ।एजेन्सी
प्रतिकृया दिनुहोस्