January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

बङ्गलादेशमा ‘एअर राइफल’ प्रयोगमा प्रतिबन्ध

ढाका, बङ्गलादेशले वन्यजन्तुको सुरक्षाका लागि ‘एअर राइफल’ प्रयोगमा प्रतिबन्ध लगाएको छ । असुरक्षित वन्यजन्तुमा साइबेरियाबाट न्यानो हिउँदे हावापानीको खोजीमा बसाइँ सर्ने चराहरूको बथानलाई पनि समावेश गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बङ्गलादेशमा तीन दशक अघि नै वन्यजन्तुको सिकार गर्न रोकिएको थियो । तर पछिल्ला वर्ष चरा तथा अन्य जनावर सिकार गर्ने क्रम बढेपछि सरकारले एअर राइफलको प्रयोगलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको हो ।

खतराको सूचीमा परेका चराहरू ढाकाको सडकमा खुलेआम बेच्ने गरेको पाइन्छ । वन्यजन्तु र जङ्गली चरा सिकारीविरुद्धको अभियान नै घोषणा गरेको वन विभागका प्रमुख मोला रेजाउल करीमले बताएका छन् ।

लोपोन्मुख वन्यजन्तु संरक्षणमा बङ्गलादेशको यो प्रयास ‘कोशेढुङ्गा’ सावित हुने विश्वास गरिएको छ । बङ्गलादेशमा सात सयभन्दा धेरै प्रजातिका जङ्गली चराहरू भेटिन्छन् ।
एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको