January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाइ कोरोना सङ्क्रमित

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । सार्वजनिक सम्पर्कमा रहेका बेला उहाँ यही मङ्गलबार सङ्क्रमित हुनुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँसँगै देशभरि झण्डै एक हजार नयाँ सङ्क्रमित थपिएका थिए ।

प्रधानमन्त्री माेरिसनको कार्यालयले पनि उहाँलाई सङ्क्रमण भएको पुष्टि गरेको छ । कार्यालयले उहाँको सम्पर्कमा रहेकाहरुलाई पनि सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न आह्वान गरेको छ ।

सिड्नीलगायतका सहरहरुमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएकै बेला प्रधानमन्त्रीलाइ पनि सङ्क्रमण भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको