January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

अमेरिकी चिकित्सक यौनकाण्ड: ३०० बढी महिलामाथि दुर्व्यवहार, इतिहासकै ठुलो क्षतिपूर्ति दिँइदै

वासिङ्टन, संयुक्त राज्री अमेरिकाका एक पूर्व चिकित्सकको यौन दुर्व्यवहारबाट पीडित दर्जनौँ महिलाले ठुलो क्षतिपूर्ति रकम पाउने भएका छन् । महिला जिम्न्यास्टिक राष्ट्रिय टोलीका पूर्व चिकित्सक डा. ल्यारी नासरको दुर्व्यवहारबाट पीडित महिलाले कूल ३८ करोड डलर क्षतिपूर्ति पाउने भएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यौन काण्डको वर्षौँपछिको कानुनी लडाइँपछि अमेरिकी जिम्न्यास्टिक र मिसिगन स्टेट युनिभर्सिटीले पीडितलाई क्षतिपूर्ति दिन सहमति जनाएको हो ।

उक्त क्षतिपूर्ति यौन दुर्व्यवहारका घटनामा अमेरिकी इतिहासमै अहिलेसम्मकै ठुलो हो । अमेरिकाको महिला जिम्न्यास्टिक राष्ट्रिय टोली र मिसिगन स्टेट युनिभर्सिटीका ३०० भन्दा बढी महिलाले डा. नासिरले आफूहरूमाथि यौन दुर्व्यवहार भएको गुनासो गर्दै आएका थिए ।

नासिरले आफूहरूलाई पटक पटक बलात्कार गरेको ओलम्पिक्स विजेता खेलाडीलेसमेत गुनासो गरेका थिए । यसअघि सन् २०१८ मा मिसिगन स्टेट युनिभर्सिटीले ५० करोड डलर क्षतिपूर्ति दिने सहमति जनाएको थियो ।

यसैगरी पछिल्लो सहमतिमा यूएसए जिम्न्यास्टिक्स र मिसिगन स्टेट युनिभर्सिटीले गरी कूल ३८ करोड डलर क्षतिपूर्ति दिन तयार भएका हुन् । उनले संयुक्त राज्य अमेरिकाको जिम्न्यास्टिक सदस्य भएको मिशिगन जिममा काम गर्दा चिकित्सा उपचारको आडमा उनीहरूलाई यौन दुर्व्यवहार गरेको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको