
तमिलनाडु, भारतीय सेना प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) विपिन रावतको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएको छ । बुधबार भारतीय वायु सेनाले तमिलनाडूको निलगिरी जिल्लाको कुन्नुरमा भएको हेलिकप्टर दुर्घटनामा रावतसहित १३ जनाको मृत्यु भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीसहित पत्नि मधुलिका र थप ११ जनाको निधन भएको छ । रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् भने यसअघि उनी भारतीय स्थल सेनाध्याक्षसमेत रहेका थिए ।एजेन्सी







