March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्ड

ढाका, मङ्सिर २२ गते । बङ्गलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको २०१९ मा भएको हत्याको आरोपमा बुधबार २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिलले बताउनुभएको छ

अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताउनुभएको छ ।

शीर्ष समाचार

धेरै पढिएको