March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

म्यानमारकी नेत्री सुकी र पूर्व राष्ट्रपति मिन्तलाई ४ वर्षे जेल सजायको फैसला 

याङ्गुन, म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् साङ् सुकीलाई म्यानमारको सैनिक सरकारले चार वर्ष जेल सजाय गराइने भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाविरुद्धको नियमहरु उल्लङ्घन गरेको आरोपमा उनीलाई चार वर्षे जेल सजाय गर्न लागिएको हो ।

उनीसँगै पूर्व राष्ट्रपति विन मिन्तलाई पनि चार वर्षे जेल सजाय तोकिएको हो । दुवै जनालाई एउटै आरोप लगाइएको छ । नेतृ सुकीलाई यो बाहेक अर्थिक अनियमितता गरेको, शक्ति र स्राेतसाधनको दुरुपयोग गरेको लगायतका दर्जनौ मुद्दा सैनिक सरकारले लगाएको छ ।

नोबेल पुरस्कार विजेता ७६ वर्षीय नेतृ सुकीलाई म्यानमारको सैनिकले सत्ता कब्जा गरेसँगै आफ्नै निवासमा नजरबन्दमा राखेको छ ।

सोमबार उनीलाई कारागार चलान गर्नुपर्ने फैसला गरिएको भए पनि नजरबन्दबाट कारागार कहिले लैजान्छ भन्ने यकिन भने नभएको बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको