सिरियामा आतंककारी आक्रमणमा परी एकै परिवारका तीन जनाको मृत्यु

मिनबेज, सिरियाको उत्तरी शहर मिनबेजमा भएको एक विस्फोटमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु भएको छ । उक्त आक्रमणमा परी मारिएका एकै परिवारमा दुई महिला एक बालक रहेका जनाइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सो आक्रमणमा परी पाँच व्यक्ति घाइते भएका छन् । घाइतेहरुमा कुर्दिश असायेस सुरक्षा बलका दुई सदस्य र तीन सर्वसाधारण रहेका जनाइएको छ ।
कुर्द प्रशासनको अधीनमा रहेको अरब बाहुल्य शहर मिनबेजमा नागरिकहरु बोकेको एउटा गाडी प्रवेशद्वारमा आतकङ्कारी विस्फोट भएको बताइएको छ । बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मनिटरले उक्त विस्फोट कारबम भएको जनाइएको छ।एजेन्सी
प्रतिकृया दिनुहोस्