June 6, 2023, Tuesday
२०८० जेष्ठ २३, मंगलवार

नयाँ भेरियन्टको प्रभाव: इजरायलमा विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध

इजरायल, कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासका कारण इजरायलले विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको छ । उक्त देशका सबै नाकाहरु समेत बन्द गराउने भएको छ । 

इजरायलमा पनि दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण भेटिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विदेशी नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय सोमबार मध्यरातीबाट लागू हुनेछ। 

इजरायलका प्रधानमन्त्री नाफताली बेनेटले विज्ञप्ति जारी गर्दै कोरोनाको नयाँ भेरियन्टबाट बच्न यस्तो व्यवस्था गरिएको बताएका हुन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको