June 6, 2023, Tuesday
२०८० जेष्ठ २३, मंगलवार

भारतमा पनि देखियो नयाँ कोरोना भेरियन्ट ओमिक्रोन

नयाँदिल्ली, दक्षिण अफ्रिकामा देखा परेको कोरोना संक्रमणको नयाँ भेरिएन्ट ओमिक्रोन छिमेकी मुलुक भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् ।

विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् ।

यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिएका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको