April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

नयाँ कोरोना भेरियन्ट ‘ओमिक्रोन’ निकै खतरनाक: डब्लुएचओ

काठमाडौं, विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले विश्वव्यापी महामारी कोरोना भाइरसको नयाँ भेरियन्ट निकै खतरनाक भएको जनाएको छ । डब्ल्यु एचओले दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ रूप, बी वान वान फाइभ टु नाईन अत्याधिक संक्रामक भएको बताएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना भाइरसको यो नयाँ रुपलाई ओमिक्रोन नाम दिइएको छ भने यो नयाँ भेरियन्ट आएसँगै विश्वमा त्रास फैलिएको छ ।

यसबारे छलफल गर्न डाकिएको बैठकपछि, डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले छिट्टै यो भाइरसका बारेमा विश्व समुदायलाई दिशानिर्देश जारी गर्ने जनाएका छन् । यसबाट मानिसहरुलाई थप कदम चाल्न सघाउ पुग्ने बताइएको छ । उनका अनुसार यो भेरियन्टबारे अझै धेरै अनुसन्धान आवश्यक रहेको छ ।

लिन्डमेयरले अनुसन्धानकर्ताहरु थप जानकारी सङ्कलनका लागि जुटेको बताएका छन । डब्ल्यूएचओले हालसम्म दिएको जानकारीअनुसार यो भाइरस सुरुमा दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो

त्यसपछि बोत्सवानासहित धेरै छिमेकी देशहरूमा फैलिसकेको छ । कोरोना भाइरसको पूर्ण खोप लगाएका मानिसहरूमा समेत यो भेरियन्टले आक्रमण गरेको भेटिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको