March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

हिंसा रोकेर सरकार निर्माणमा सघाउन इराकका सबै पक्षलाई चीनको आग्रह

संयुक्त राष्ट्रसङ्घ, मङ्सिर ८ गते । इराकका सबै पक्षलाई हिंसा रोकेर सरकार निर्माणको काममा सहयोग गर्न चीनले आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ सहायक स्थायी प्रतिनिधि चेङ सुआङले सो धारणा राख्नुभएको हो ।

उहाँले इराकले सम्पन्न गरेको आमनिर्वाचनप्रति पनि खुशी व्यक्त गर्नुभएको थियो । उहाँले इराकले शान्तिपूर्ण रुपमा र आम सहभागितामा गरेको निर्वाचन प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।

इराकमा हिंसा मच्चाइरहेका सबै पक्षले अब सरकार निर्माणमा सहयोग गर्ने र आफूहरु पनि सरकारमा जाने वातावरणका लागि लाग्नुपर्ने उहाँले बताउनुभएको थियो ।

उहाँले भन्नुभएको छ– हामी इराकका सबै पक्षलाई आफ्ना कुराहरु शान्तिपूर्ण रुपमा राख्न, आफ्ना मागहरु आफूहरु नै सरकारमा गएर पूरा गर्न र सबै प्रकारका मागहरु शान्तिपूर्ण रुपमा र वार्ताका माध्यमबाट पूरा गर्ने वातावरण बनाउन माग गर्दछौँ । साथै उहाँले यही नोभेम्बर ७ मा इराकका प्रधानमन्त्रीमाथि भएको हिंसात्मक हमलाको पनि निन्दा गर्नुभएको छ ।

यसरी गरिने हिंसा र आतङ्कका घटनाबाट कसैको पनि माग पूरा नहुने र यस्तो बाटो कसैले पनि अवलम्बन गर्न नहुने पनि उहाँले बताउनुभएको छ ।

शीर्ष समाचार

धेरै पढिएको