January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

डुङ्गा पल्टिँदा श्रीलङ्कामा ६ जनाको मृत्यु, ११ जना घाइते

कोलम्बो, मङ्सिर ७ गते । पूर्वी श्रीलङ्कामा मङ्गलबार बिहान डुङ्गा पल्टिँदा चार विद्यालयका बालबालिकासहित छ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार किन्निया, त्रिन्कोमालीमा पल्टिएको डुङ्गामा धेरै विद्यालयका बालबालिका सवार थिए । नौसेना र गोताखोरहरू तत्काल खोजी र उद्धार कार्यमा संलग्न भएका थिए ।

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार त्यस क्षेत्रमा ठूलो भीड जम्मा भएको थियो र केही स्थानीय स्वयंसेवकहरूले पनि बेपत्ता व्यक्तिहरूको खोजीमा नौसेनालाई सहयोग गरिरहेका थिए । बेपत्ताको सूचीमा केही विद्यालयका बालबालिका पनि छन् ।

घाइते ११ जनालाई नजिकैको राज्य अस्पतालमा भर्ना गरिएको छ । अत्यधिक यात्रु चापका कारण डुङ्गा पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेर थप अनुसन्धान गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको