
कंगो, पूर्वी कंगोमा सशस्त्र विद्रोही समुहले गरेको आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिला पनि रहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मारिनेहरु सबै स्थानीय सर्वसाधारण हुन् । इटुरी प्रान्तको द्रोद्रो गाँउमा विद्रोहीहरुले आइतबार राती आक्रमण गरेको हो ।
कोडेको नामक विद्रोही समूहले उनीहरुमाथि आक्रमण गरेका थिए भने मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
संयुक्त राष्ट्र संघका अनुसार सन २०१७ यता इटुरी प्रान्तमा कोडेको विद्रोहीको आक्रमणबाट सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन् ।एजेन्सी







