
बिहार, भारतको बिहारमा सडक दुर्घटनामा छ जनाको मृत्यु भएको छ । भारतको बिहार राज्यको लखीसरायमा सुमोलाई ट्रकले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको र ४ जना गभ्मीर घाइते भएको छ ।उक्त दुर्घटनामा घाइते भएकाहरुको स्थानीय सदर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लालजित सिंहकी श्रीमती गीता देवीको अन्तिम संस्कार गरेर फर्किँदा दुर्घटना भएको थियो । जसमा लालजित सिंह, उनका छोरा अमित शेखर उर्फ नेमानी सिंह, रामचन्द्र सिंह र छोरी बेवी देवी, भान्जी अनिता देवी र चालक प्रितम कुमारको मृत्यु भएको हो ।एजेन्सी







