
वासिङ्टन, अमेरिकी राष्ट्रपति जो वाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बहुप्रतीक्षित भर्चुअल बैठकमा कुराकानी गरेका छन् ।
अन्तरास्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन अमेरिकासँग सम्बन्धलाई सकारात्मक दिशामा लैजान तयार रहेको जनाएका छन् ।
वाइडेनले वार्तामा मानवअधिकार र इण्डो प्यासिफिकका मुद्दा पनि उठाएका थिए भने चिनियाँ राष्ट्रपतिले दुई देशले एक अर्को देशलाई सम्मान गर्दै स्थिर द्विपक्षीय सम्बन्धमा जोड दिएका थिए। ।
यसैगरी चिनियाँ राष्ट्रपतिले ’पुराना साथी’ वाइडेनलाई देखेर खुसी भएको बताएका थिए । दुई नेताबीचको यो तेस्रो बैठक हो ।एजेन्सी







