
नयाँदिल्ली, प्रदुषणको चपेटामा परेको भारतीय राजधानी नयाँदिल्लीमा एक साता विद्यालय बन्द गरिएको छ ।
निर्माण क्षेत्रका काम पनि चार दिनलाई बन्द गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ दिल्लीका मूख्यमन्त्री अरविन्द केरजरीवालले अत्यधिक प्रदुषणको मार बालबालिकामा पर्न नदिन विद्यालय क्षेत्र बन्द गरिएको भन्दै प्रदुषण लकडाउन गर्ने विषयमा पनि छलफल भईरहेको बताएका छन् ।
सरकारी कार्यालयहरु पनि घरबाटै चलाउन भनिएको भने निजी ब्यापारिक क्षेत्रलाई पनि सकेसम्म घरबाटै चलाउन भनिएको छ । कारखाना र सवारी साधनबाट उत्पन्न धुवाँसाथै कृषि क्षेत्रबाट उत्पन्न प्रदुषणले दिल्लीको आकाश ढाक्ने गरेको छ ।एजेन्सी







