
काठमाडौं, राष्ट्रपति सी जिनपिङलाई चीनको सबैभन्दा शक्तिशाली नेता घोषित गरेको छ । चीनको कम्युनिस्ट पार्टीको शासनकालमा माओत्से तुङ र देङ स्याओ पिङपछि सी चिनफिङ शक्तिशाली नेता बनेका हुन् ।
अन्तरास्ट्रिय सञ्चारमाध्यमका अनुसार ४ दिनदेखि बेइजिङमा जारी चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय बैठकले पार्टीको इतिहासबारे नयाँ प्रस्ताव पारित गरेको उल्लेख छ ।
यसैगरी बैठकमा ‘ऐतिहासिक संकल्पपत्र’ जारी गरिएको थियो । जसमा चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्षको उपलब्धिबारे छलफल भएको थियो ।
सी जिनपिङले विगतमा माओ र देङले जस्तै ऐतिहासिक प्रस्ताव पारित गराउन सफलता हासिल गरेर शक्तिशाली बनेको जनाइएको छ ।एजेन्सी







