
काठमाडौं, नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजई विवाह बन्धनमा बाधिएकी छिन् । २४ वर्षीया मलालाले मंगलबार बेलायतको बर्मिघंम सहरमा असर मलिकसँग विवाह गरेकी हुन् ।
समाजिक सञ्जाल ट्विटरमार्फत उनले आफू र असरबीच विवाह भएको जानकारी दिएकी हुन् । उनले विवाहलाई आफ्नो ‘जीवनकै एक मूल्यवान दिन’ भएको बताएकी छिन् ।

पारिवारिक जमघटका बीच सानो समारोहमा आफूहरूको विवाह भएको उनले बताएकी छिन् । महिला अधिकारकर्मीका रूपमा कार्यरत मलालालाई सन् २०१२ मा तालिबान समूहले टाउकोमा गोली हानेको थियो । त्यसपछि उनलाई उपचारका लागि बेलायतको बर्मिघंम लगिएको थियो ।
सन् २०१४ मा उनलाई १७ वर्षको उमेरमा नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनी नोबेल पुरस्कार पाउने अहिलेसम्मकै कम उमेरकी विजेता हुन् ।एजेन्सी







