
काठमाडौं, बंगलादेशको एक अदालतले पूर्वप्रधानन्यायाधीशलाई दोषी ठहर गर्दै ११ वर्ष जेल सजाय सुनाएको छ ।बविशेष अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हलाइ दोषी ठहर गरेको हो ।
त्यहाँका स्थानिय सञ्चारमाध्यमका अनुसार सिन्ह्वा वंगलादेशको अल्पसंख्यक हिन्दू समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए ।
सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी छुट्टाछुट्टै अभियोगमा उनलाई ११ वर्ष जेल सजाय सुनाइएको हो । उनले यी दुई मुद्दाको अलग अलग सजाय भोग्नु पर्ने बताइएको छ ।
राजधानी ढाकाको विशेष अदालतका न्यायाधीश शेख नजमुल अलामले मंगलबार सिन्ह्वालाई सम्पत्ति शुद्धीकरण अभियोगमा सात वर्ष र ठगी अभियोगमा चार वर्ष सजाय सुनाएका थिए । सिन्ह्वा हाल क्यानडामा बस्छन् ।एजेन्सी







