December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

राष्ट्रसंघद्वारा इराकी प्रधानमन्त्री कादिमीको हत्या प्रयासप्रति निन्दा

बगदाद, संयुक्त राष्ट्रसंघले इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीको हत्या प्रयासको निन्दा गरेको छ । राष्ट्रसंघीय सुरक्षा परिषदले उक्त हत्या प्रयासको कडा शब्दमा निन्दा गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार गत आइतबार इराकी प्रधानमन्त्री कादिमीको निवासमा ड्रोन हमला भएको थियो भने प्रधानमन्त्रीलाई हत्या गर्ने उद्देश्यले उक्त ड्रोन हमला गरिएको अनुमान गरिएको छ ।

पछि इराकी सरकारले गरेको अनुसन्धानबाट उनको हत्याका लागि सो ड्रोन हमला भएको बुझिएको छ । बगदादको ग्रीन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहेका छन् ।

इराकी सेनाका अनुसार सो आक्रमणमा प्रधानमन्त्रीका केही अंगरक्षक घाइते भएका जानकारी गराएको छ । राष्ट्रसंघीय सुरक्षा परिषदले प्रकाशन गरेको विज्ञप्तिमा सो कार्यको कडा शब्दमा निन्दा गरिएको छ । साथै यस कार्यमा संलग्न हुने जोकोहीलाई पनि नियन्त्रणमा लिएर कडा भन्दा कडा कारबाही गर्न भनिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको