December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

नाइजेरियामा तस्कर विरुद्धको कारबाहीमा ७१ जनाको मृत्यु

लागोस, नाइजेरियाको राष्ट्रिय प्रहरीले गरेको डाँकू तथा तस्करका विरुद्धमाको कारबाहीमा कम्तीमा ७१ जनाको मृत्यु भएको छ । त्यहाँको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्राप्त उक्त कारबाहीका क्रममा अन्य कैयौँ डाँकूलाई नियन्त्रणमा लिई थुनामा राखिएको छ ।

गत अक्टोबर १४ देखि प्रायः तस्कर र डाँकूहरुले दुःख दिने गरेको नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा सो कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यस क्षेत्रमा त्यहाँको प्रहरीले अक्टोबर १४ तारिखदेखि उक्त कारबाही गरेको हो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको