सुडानमा एक हप्ताभित्रै नयाँ प्रधानमन्त्री चुनिने

खार्तुम, सुडानका सशस्त्र बलका कमाण्डर-इन-चीफ अब्देल फताह अल-बुर्हानले त्यहाँ नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् अबको केही दिनभित्र चुनिने बताएका छन् ।

प्रधानमन्त्रीको निर्वाचन र सार्वभौम परिषद्का सदस्यहरूको नियुक्तिको समयबारे अल-बुर्हानले स्पुतनिकलाई भनेका छन्, ‘मलाई आशा छ केही दिन वा एक हप्ताभित्र नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् चुनिनेछ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुडानी सेनाले सोमबार बिहान प्रधानमन्त्री अब्दल्ला हामडोक र सरकारका अन्य सदस्यहरूलाई हिरासतमा लिएको छ ।

यस्तै सुडानी सङ्क्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अल-बुर्हानले राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै आपतकालीन अवस्थाको चर्चा गर्दै सरकार विघटन गर्ने घोषणा गरेका छन् ।एजेन्सी