नर्वेमा एक जना मानिसले धनुष वाणको प्रयोग गरी जथाभावी आक्रमण गर्दा ५ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

राजधानी ओस्लोको दक्षिण पश्चिममा रहेको कङ्सबर्ग भन्ने शहरमा स्थानीय समयअनुसार साँझ सवा ६ बजे आक्रमण भएको हो ।घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । घटना एकै जनाले गराएको आशंका प्रहरीले गरेको छ ।
नर्वेकी प्रधानमन्त्री इर्ना सोलवर्गले घटना निकै भयानक भएको बताउँदै धेरै मानिस त्रासमा रहेको बताउनु भएको छ ।आक्रमणकारीलाई नियन्त्रणमा लिइसकेकाले डराउनु पर्ने अवस्था नरहेको प्रधानमन्त्री इर्नाको भनाई छ ।
आक्रमणकारीले कंग्सबर्गको पश्चिम तर्फको एक कुप एक्स्ट्रा सुपरमार्केट भित्र आक्रमण शुरू गरेको बताइएको छ । घाइते मध्ये ड्यूटी बाहिरका एक प्रहरी अधिकारी समेत रहेका छन् ।







